गृहपृष्ठ खेलमा फर्कियो नेपाल, युएईको लगातार विकेट पतन
खेलमा फर्कियो नेपाल, युएईको लगातार विकेट पतन
कीर्तिपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जितका लागि बलियो आधार खडा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले प्रस्तुत गरेको २९० रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३०.५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १७१ रन मात्र जोड्न सकेको छ।
जवाफी ब्याटिङमा उत्रिएको युएईलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र सोमपाल कामीले घातक बलिङ गरिरहेका छन्।
सन्दीपले ७ ओभरमा ३१ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिँदै युएईको मध्यक्रम ध्वस्त पारेका छन् भने सोमपाल कामीले ५.५ ओभरमा ३१ रन दिएर २ विकेट चट्काएका छन्। युएईका लागि मुहम्मद शाहदादले ६५ र हरप्रित सिंहले ४१ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
हालको अवस्थामा युएईलाई जितका लागि ४३ बलमा ८४ रन आवश्यक छ, जुन ११.७२ को रन रेटमा छ। क्रिजमा अहिले अक्षदीप नाथ र खुजैमा तनवीर रहेका छन्।
खेलमा नेपालको पकड बलियो बनाउन दीपेन्द्र सिंह ऐरीले ब्याटिङमा अविश्वसनीय प्रदर्शन गरे। उनले मात्र ९४ बलमा १३ चौका र १ छक्काको मद्दतले १०० रनको सानदार शतकीय इनिङ्स खेल्दै नेपाललाई २८९ रनको विशाल योगफलसम्म पुऱ्याए। उनलाई साथ दिँदै विनोद भण्डारीले ५६ रन र गुल्सन झाले ४४ रनको महत्वपूर्ण योगदान दिए। युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले २–२ विकेट लिए।
प्रकाशित समय : १७:५८ बजे




















