nmb bank

गृहपृष्ठ नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

‘बीमा ऐन, २०७९’ अन्तर्गतको कसुरमा ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु