गृहपृष्ठ तत्काल संसद् बैठक आह्वान गर्न नेकपाको माग
तत्काल संसद् बैठक आह्वान गर्न नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले तत्काल संसद्को बैठक आह्वान गर्न माग गरेको छ ।
केन्द्रीय कार्य संयोजन समितिको मंगलबार सम्पन्न बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेको हो ।
नेकपाले संसद् स्थगित गर्दै अध्यादेश ल्याउने सरकारको कदमको पनि विरोध गरेको छ । सरकारको कदमलाई नेकपाले गैर लोकतान्त्रिक भनेको छ ।
नेकपाले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संसद्लाई क्रियाशील बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित समय : १९:१४ बजे



















