nmb bank

गृहपृष्ठ नेकपाले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय

नेकपाले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय

नेकपाले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समिति आजको बैठकले सो निर्णय गरेको हो ।

संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले पास गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रचण्डले प्रस्तुत गरेको योजनाको रुपरेखाको पहिलो नम्बरमा पार्टी पुनर्गठनको विषय छ । त्यसमा ‘वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने’ उल्लेख छ ।

यसैगरी दोस्रो बुँदामा पार्टीका हरेक तहमा निर्वाचित कमिटी बनाउने उल्लेख छ । ‘वडादेखि केन्द्रसम्म सानो, चुस्तदुरुस्त निर्वाचित कमिटी बनाउने र त्यसमा ५० प्रतिशतसम्म युवा र नवयुवाहरुलाई नेतृत्वमा ल्याउने निर्णय भएको छ,’ ती पदाधिकारीले भने ।

यसैगरी पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने विषय पनि उल्लेख छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु