nmb bank

गृहपृष्ठ प्रोफेसनल होल्डिङ्सले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने

प्रोफेसनल होल्डिङ्सले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने

प्रोफेसनल होल्डिङ्सले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रोफेसनल होल्डिङ्स लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अनुसार, कुल सेयरधनीमध्ये ८२ दशमलव ३४ प्रतिशतको उपस्थितिमा सम्पन्न सभाले आर्थिक वर्ष ०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभाबाट सो अवधिको वासलात, आय–व्यय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।

सभाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि एनबीएसएम एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिकसमेत निर्धारण गरेको छ ।

वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ । साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयसमेत गरिएको छ ।

बोनस सेयर जारीपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई अनुमोदन गर्दै प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

सभाबाट कम्पनीको जारी पूँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ । यससँगै कम्पनीले प्राथमिक सेयर निष्कासनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको जनाएको छ ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु