गृहपृष्ठ संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले संसदीय अभ्यासको पालना गर्दै सहकार्यका आधारमा अघि बढ्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्।
राप्रपा संसदीय दलका नेता शाहीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्परा विपरीत भएको बताएका छन्।
उनले सरकारसँग संसद्मा झन्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा प्रस्तावित विधेयक सजिलै पारित हुने सम्भावना रहेको उल्लेख गरे।
प्रकाशित समय : १९:२६ बजे



















