nmb bank

गृहपृष्ठ दलित समूदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा

दलित समूदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा

दलित समूदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको सशक्तिकरणका गम्भीर समिक्षा गर्नुपर्ने औंल्याएका छन् ।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले दलित समुदाय सशक्तिकरणको लागि प्रशस्त काम गर्न बाँकी रहेको बताएका हुन् ।

उनले भने, ‘दलित समुदायको अवस्थाको विषयमा समिक्षा हुनुपर्छ र त्यो समिक्षाको आधारमा आगामी दलित समूदायको सशक्तिकरणका लागि गम्भीर छलफल हुनुपर्छ ।’

उनले ‘दलित’ शब्दको विकल्पको विषयमा कुरा बृहत रुपमा उठिराखेको जानकारी दिए ।

उनले भने, ‘दलित शब्दको विकल्पको विषयमा पनि कुरा उठिराखेको छ र दलित आयोगमा सबभन्दा धेरै आउने यस्ता विवादका विषयहरुमा समीक्षा गर्नुपर्नेछ । त्यसकारणले कुनै घटनाको विषयमा आयोगले के कि गरेन कि भन्ने विषयमा केही भन्न चाहन्न । किनकि आयोगले मुद्दामा धेरै काम गरेको छ ।’

उनले दलित समुदायको वास्तविक अवस्था बुझ्न र सुधारका लागि ठोस नीति निर्माण गर्न अब ढिलाइ नगरी समग्र समीक्षा गरेर अघि बढाउनुपर्नेमा जोड दिए ।

सिन्धुली घटनाको सन्दर्भमा पनि आयोगले आवश्यक अनुगमन र पहल गरिसकेको उनले जानकारी दिए । उक्त विषयमा आयोगले आफ्नो आधिकारिक विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरिसकेको उनले बताए ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु