गृहपृष्ठ कर्णाली प्रदेशसभा सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त
कर्णाली प्रदेशसभा सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त
सुर्खेत । कर्णाली प्रदेशसभा सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् ।
नवनियुक्त सचिव खड्काले मंगलबार नै सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथलगत्तै उनले पदभार ग्रहण गरेको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
सूचना अधिकारी पौडेलका अनुसार, नवनियुक्त प्रदेशसभा सचिव डा. खड्का ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनी नेपाल सरकारका पूर्वसहसचिव हुन् । उनले संघीय संसद् सचिवालयमा पाँच वर्ष सहसचिवको रूपमा काम गरेका छन् ।
कानुन तथा न्याय क्षेत्रमा करिब ४० वर्षको अनुभव भएका खड्काले कानुनमा विद्यावारिधि गरेका छन् भने उनले सिंगापुरको नेशनल युनिभर्सिटीबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
प्रकाशित समय : १८:५७ बजे

















