nmb bank

गृहपृष्ठ बाँकेका १२ सामुदायिक वनमा डढेलो

बाँकेका १२ सामुदायिक वनमा डढेलो

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।

एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ ।

डढेलो निभाउने प्रयास जारी रहेको जनाउँदै उनले भित्रभित्र वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले उल्लेख गरे । जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको भन्दै उनले सोही कारणले क्षति भइरहेको बताए । उनका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उनले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको उल्लेख गरे । “केही दिनभित्र पानी परेन भने वन डढेलो झनै बढ्ने खतरा छ”, उनले भने।

जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए । वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उनले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताए ।

यसैबीच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार अनुसन्धान भइरहेकाले निजहरूको नाम, थर गोप्य राखिएको छ ।

त्यस्तै स्थानीयले नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेका छन् । बढ्दो खडेरीका कारण नहरमा पानी खान पुगेका चित्तल पानी खाँदाखाँदै नहरमा फसेका थिए । हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले ती चित्तलको उद्धार गरी कार्यालयमा बुझाएका डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु