nmb bank

गृहपृष्ठ व्यवसायीलाई अपराधीको व्यवाहार नगरौँ : वर्षमान

व्यवसायीलाई अपराधीको व्यवाहार नगरौँ : वर्षमान

व्यवसायीलाई अपराधीको व्यवाहार नगरौँ : वर्षमान

काठमाडौँ – नेकपा नेता वर्षमान पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह गरेका छन् ।

१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियनले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न आग्रह गरेका हुन्।

रास्वपाको नेतृत्वमा सरकार बनेपछि प्रतिष्ठित भनिएका उद्योगी व्यवसायी विभिन्न अभियोगमा पक्राउ पर्ने गरेका छन्। त्यसप्रति असहमति राख्दै पुनले करदाता र रोजगार दाताका रुमपा रहेका उद्योगी व्यवसायीमाथि अनावश्यक सास्ती दिन खोजिएको आरोप लगाए।

उद्योगीले गल्ती गरेको भए ‘पहिला सुन्ने अनि थुन्ने’ काम गर्न उनको सरकारलाई आग्रह थियो ।

स्टण्टका लागि व्यवसायी पक्रने र प्रमाण नपुगेपछि छुट्ने कुराले सरकार हल्का हुने तथा दोषीले उन्मुक्ति पाउने खतरा रहेको उनको दाबी छ। ‘पहिला ‘स्टण्ट’ का लागि पक्राउ गरिहाल्ने, केही भेटिंदैन अनि छाड्ने जस्तो भएको छ’, उनले भने ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु