गृहपृष्ठ सिटिजन लाइफले गर्यो प्रतिनिधिसभा सदस्यहरुलाई ‘सिटिजन लिडर्स’द्वारा सम्मान
सिटिजन लाइफले गर्यो प्रतिनिधिसभा सदस्यहरुलाई ‘सिटिजन लिडर्स’द्वारा सम्मान
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू- भक्तपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय रुकेश रञ्जित, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी माननीय प्रमिला कुलुजुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। सहभागीहरूले सांसदहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमिला कुलुजुले सिटिजन लाइफसँगको आफ्नो यात्राले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्त टिम निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यही अनुभव र सिकाइले आफूलाई आजको उपलब्धिसम्म पुग्न मार्गदर्शन गरेको उल्लेख गर्दै कम्पनी परिवारप्रति आभार व्यक्त गरे ।
प्रकाशित समय : १३:११ बजे


















