गृहपृष्ठ पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान दिएको बताए ।
व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा राजु पौडेलले अस्पताल भवन ९६ लाख ३८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित हाल कूल दुई करोड ६६ लाख रुपैयाँ लागत पुगेको जानकारी दिए ।
प्रकाशित समय : ११:४८ बजे



















