nmb bank

गृहपृष्ठ संविधान संशोधनका लागि गठित कार्यदलको बैठक बस्दै

संविधान संशोधनका लागि गठित कार्यदलको बैठक बस्दै

संविधान संशोधनका लागि गठित कार्यदलको बैठक बस्दै

काठमाडौँ- संविधान संशोधनका लागि गठित कार्यदलको बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा आज दोस्रो बैठक आज ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सोही बैठकमा राजनीतिक दलका लिखित धारणा समेत मागिएको छ। प्रेस संयोजक बजगाईंका अनुसार राजनीतिक दलका लिखित नोटका आधारमा संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु