गृहपृष्ठ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिए ।
समितिको सदस्यमा सिंखडा दाहाल (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) मनोनयन भएका छन् । बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन् ।
प्रकाशित समय : १७:४९ बजे



















