nmb bank

गृहपृष्ठ सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग

सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग

सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरु हटाउन माग गरेका छन् । सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममुल्यमै पेट्रोलिएम पदार्थ पाउँन सक्छन् ।

काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसंग कुरागर्दै आजपा अध्यक्ष साहले प्रतिलिटर पेट्रोल १४९ रुपैयामा किनेर २१९ रुपैयामा बेच्नुले सर्वसधारण महंगीको मारमा परेको बताए ।

‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औषत कुरमुक्त मुल्य १४९ रुपैया १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयामा बेचिरहेको छ । यसमा विभिन्न नाममा कर, सेवा शुल्क लगायतका समावेश गरेर २१९ रुपैयामा किन बेच्नुपर्यो । यो अनावश्यक कर सरकारले हटायो भने उपभोक्ताले सजिलै र सहज रुपमा सस्तोमै पेट्रोल पाउँन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।

नेपाल आयल निगमले १४९ रुपैयामा किनेको एक लिटर पेट्रोलमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत संभार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर, मुल्य स्थिरीकरण कोष शुल्क गरी ५१ रुपैया ५१ पैसा र निगमको प्रशासनिक एवं विक्री खर्च, बीमा खर्च, अन्य खर्च गरेर २ रुपैया २७ पैसा खरिद मुल्यामा जोडेको छ । यस्तै निगमले ढुवानी भाडा खर्च, पेट्रोलियम विक्रेताको खर्च एवं मुनाफा समेत विभिन्न शुल्क र करहरु जोडेर २१९ रुपैया बेचिरहेको छ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु