गृहपृष्ठ नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो । आज वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक हप्तासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा सञ्चालन गरिरहेको छ । बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष) हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हो । वैशाख २ गतेदेखि सुरु भएको यो सुविधा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य सेवा तथा परीक्षण सुविधा लिन फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य सेवा तथा परीक्षणमा छुट योजना सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु