काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्रीले दाबी गरेको २० रोपनी जग्गा भाडाको

2.56K
shares

गृहमन्त्री सुधन गुरुङको भनेर सञ्चारमाध्यममा सार्वजनिक जग्गा भाडामा लिएको पाइएको छ ।

गृहमन्त्री गुरुङले स्थानीय ओमबहादुर गुरुङसँग वर्षमा २ लाख तिर्ने गरी उक्त जग्गा भाडामा लिएका थिए । उक्त जग्गामा गृहमन्त्रीले रिसोर्ट र पर्यटकलक्षित संरचनाहरु निर्माण गरेका छन् ।

संरचना निर्माण गर्दागर्दै स्थानीयसँग विवाद भएपछि उनले त्यसै छोडेर हिँडेका हुन् । जग्गाधनी गुरुङका अनुसार सुधनले एक वर्षको मात्रै भाडा तिरेका छन् । बाँकी भाडा तिर्न बाँकी रहेको उनले सुनाए । ‘५–६ वर्ष भयो सम्झौता गरेको छ । एक वर्षको भाडा २ लाख पाएँ । त्यसपछि पैसा पाएको छैन,’ उनले भने, ‘धेरै पटक सम्पर्क गरेको हो । सम्पर्कमै आउनुभएन ।’ गुरुङले आफ्नो ताल किनारमा २० रोपनी जग्गा रहेको र उक्त जग्गामा समेत डोजर लगाउन भनेको भन्दै पोखराका मेयर धनराज आचार्यले सार्वजनिक वक्तव्य दिएका छन् ।

तालको नक्सा देखाउने क्रममा सुधनले आफ्नो जग्गामा डोजर लगाउन आफूले अवरोध नगर्ने बताएका थिए । यसबारे बुझ्न खोज्दा सुधन सम्पर्कमा आएका छैनन् । यता जग्गाधनीले चाहिँ सम्पर्कमा आएर भाडा तिर्न आग्रह गरेका छन् ।