काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

2.42K
shares

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहतिको स्तरोन्नति थालेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ ।

यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित छ करोडबाट हिलेखर्क–बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने जनाइएको छ ।