nmb bank

गृहपृष्ठ नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

काठमाडौँ — सेगवेको आधिकारिक वितरक आइहब प्रा. लि. ले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सेगवे E110L मोडेलको स्कुटरमा विशेष छुट र उपहार योजना सार्वजनिक गरेको छ ।

नेपाली बजारमा अत्यधिक रुचाइएको यो स्कुटर पुनः स्टकमा उपलब्ध गराउँदै कम्पनीले यसको मूल्य  २,८४,९९९ कायम गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटरको खरिदमा डिजिटल ट्याब, ब्रान्डेड हेलमेट, स्कुटर कभर र टोटे ब्याग जस्ता आकर्षक उपहारहरू निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै, कम्पनीले पहिलो २५ जना ग्राहकका लागि ‘अर्ली बर्ड’ डिस्काउन्टको समेत व्यवस्था गरेको छ, जस अन्तर्गत खरिद गरिने मोडेल अनुसार अधिकतम ४१,००० सम्म बचत गर्न सकिनेछ ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (AMC), शून्य प्रतिशत इएमआई (0% EMI) र पुरानो सवारीसँग साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ ।

प्राविधिक पक्षतर्फ, सेगवे E110L मा २४०० वाटको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम ६२ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । यसमा रहेको ७२ भोल्ट २४ एम्पियर–घण्टाको लिथियम ब्याट्रीले एक पटकको फुल चार्जमा ६० देखि ११० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

सुरक्षा र सहजताका लागि यसमा जीपीएस ट्र्याकिङ, एन्टि–थेफ्ट सिस्टम, क्रूज कन्ट्रोल, र रिजेनेरेटिभ ब्रेकिङ जस्ता अत्याधुनिक स्मार्ट सुविधाहरू समावेश गरिएका छन् । २७ लिटरको बुट स्पेस र १३० मिमी ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटर सहरी यात्राका लागि निकै उपयुक्त मानिएको छ ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु