काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दि निलय होटल्स लिमिटेडको पहिलो साधारण सभा सम्पन्न

2.67K
shares

काठमाडौं- दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा (AGM) धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले कम्पनीको भावी विस्तार र दीर्घकालीन विकासका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सर्वसम्मतिले पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ।

यस सभाको विशेष आकर्षणको रूपमा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको छ। कम्पनीको भावी विस्तारका लागि आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन, रणनीतिक साझेदारी र आवश्यकता अनुसार अन्य कम्पनीहरूसँग मर्जर वा प्राप्ति (Acquisition) गर्ने जस्ता दूरगामी महत्वका प्रस्तावहरू समेत सभाले अनुमोदन गरेको छ।