nmb bank

गृहपृष्ठ सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिभा रावल नियुक्त भएकी हुन ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन । रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उनि सांसद निर्वाचित भएकी हुन ।
रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गरेकी छन । उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गरेकी उनि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध छन ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु