nmb bank

गृहपृष्ठ श्रममन्त्रीमा दीपककुमार साह

श्रममन्त्रीमा दीपककुमार साह

श्रममन्त्रीमा दीपककुमार साह

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । साह महोत्तरी–२ बाट निर्वाचित छन ।

लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन ।

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन ।

 

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु