काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापा–५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

2.75K
shares

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन। निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ ।

पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० खर्च भएको उल्लेख छ ।

वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न चार लाख ५० हजार खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । नमूना मतपत्र छपाइका लागि ४४ हजार ५५० खर्च गरिएको उल्लेख छ । निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० खर्च भएको जनाइएको छ ।

त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा एक लाख ७५ हजार ३४, प्रचार सामग्री ढुवानी तथा टिकटमा एक लाख १९ हजार ५०५ खर्च भएको उल्लेख छ । उम्मेदवारी दर्ताका लागि १० हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन ।