काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुकुमपश्चिममा ५९.०३ प्रतिशत मत खस्यो

3.53K
shares

त्रिवेणी । बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ः०० बजेबाट निर्वाचन सुरु भएको र साँझ ५ बजे सम्पन्न भएको छ ।

जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कुल एक लाख छ हजार ६६० मतदाता रहेका जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् । मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम सुरु भइसकेको छ ।

जिल्ला कारागार र खलङ्गाको बराहटाकुरामा रहेको अस्थायी मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा ल्याइसकिएको सहायक निर्वाचन अधिकृत शाहीको भनाइ छ । अन्य ठाउँबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर मतपेटिका सङ्कलनको काम भइरहेको शाहीले बताए ।