काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कालीकोटमा ५० प्रतिशत मत खस्यो

2.92K
shares

कालीकोट । कालीकोट जिल्लामा कुल मतदाताको ५० प्रतिशतले मतदान गरेका छन् । जिल्लामा रहेका ८५ हजार ४४ जना मतदातामध्ये ४२ हजार ५२३ जनाले मतदान गरेका हुन् ।

जिल्लाभरिका १२८ मतदान केन्द्रमा २० हजार ६१० पुरुष र २१ हजार ९१३ जना महिलाले मतदान गरेका छन् । सुरक्षा व्यवस्था कडा पारिएकाले मतदान सहज तरिकाले सम्पन्न भएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएका कारण निर्वाचन शान्तिपूर्ण रहेको उनको भनाइ छ ।

कुनै अप्रिय घटनाबिना मतदान सम्पन्न भई मतपेटिका जिल्ला सदरमुकाम ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए । आजदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।