काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुम्लामा ४१ हजार २१० मत खस्यो

3.21K
shares

जुम्ला । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये करिब ४१ हजार २१० अर्थात् ५७.४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।

खसेको मतमध्ये महिलातर्फ २१ हजार १४६ र पुरुषतर्फ २० हजार ६४ गरी जम्मा ४१ हजार २१० जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलले बताए ।

अहिले मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी मतगणनास्थल आउनेक्रम जारी छ । सदरमुकाम खलङ्गा नजिकका मतदान केन्द्रका मतपेटिका मतगणना हुने स्थलमा पुगिसकेका छन् । जिल्लाका ग्रामीण भेगका मतदान केन्द्रका मतपेटिका आउने समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।

सबै मतदान केन्द्रका मतपेटिका आइपुगेपछि आजदेखि मतगणना गर्न भनी सर्वदलीय बैठकको निर्णय गरिएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाको भनाइ छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।