काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

4.58K
shares

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।

जनकपुरधामको हनुमानगढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिधिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म सञ्चालन हुने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् । मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य अन्तरगृह परिक्रमामा सहभागी हुने चलन छ ।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १०७ र भारतको २६ गरेर १३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा गर्ने गर्छन् । रासस