गृहपृष्ठ काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : ‘कुलमानले हारे देश हार्छ’ (भिडियो सहित)
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : ‘कुलमानले हारे देश हार्छ’ (भिडियो सहित)
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।
पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले आइतबार जोरपाटी चोकमा भेला भई पिपल बोट, बौद्ध गेट,बौद्ध स्तुपा परिसर र बौद्ध टाउन प्लानिङ लगायत क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो ।
कार्यक्रममा सहभागी समर्थकहरुले कुलमान घिसिङले १८ घण्टासम्म लोडसेडिङ भएको देशमा विद्युत प्राधिकरणमा निर्देशक भएर आएपछि लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यदी घिसिङ देशको नेतृत्वमा आए कायापलट हुने प्रतिक्रिया दिए ।
देशकै मनमुटुमा भएका कुलमान घिसिङको तुलना रास्वपाका उम्मेदवार राजु पण्डेसँग गर्न नमिल्ने उनीहरुको भनाइ छ ।
अहिले देश संकटमा भएको अवस्थामा देशलाई संकटमुक्त गराई समृद्धि ल्याउने एउटै व्यक्ति कुलमान घिसिङ रहेको उनीहरुको दाबी छ ।
प्रकाशित समय : १४:५७ बजे



















