nmb bank

गृहपृष्ठ नेपाल एसबिआई बैंकद्वारा मधेशका ८०० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा मधेशका ८०० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा मधेशका ८०० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको छ । बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित, श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित, श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द«पुर स्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पु-याउने उद्धेश्यले व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको हो ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि।ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु