nmb bank

गृहपृष्ठ क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ ।

पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो । मर्मत सम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहका बीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका अधिकृत एमप्रसाद गौतमले उद्घाटन गरे ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु