गृहपृष्ठ हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आइपिओ पाइपलाइनमा
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आइपिओ पाइपलाइनमा
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीको मिति २०८२ मंसिर १२ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णयअनुसार आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको थियो।
धितोपत्र बोर्डले फागुन १३ गते प्रकाशित गरेकाे सूचना अनुसार कम्पनीकाे आइपिओ पाइपाइनमा राखिएकाे छ । बाेर्डले कम्पनीकाे आइपिओ निवेदनलाई अन्य वर्गअन्तर्गत सूचीकृत गरेको जानकारी दिइएको छ।
कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रतिकित्ता ३५८ रुपैयाँ ८५ पैसा दरले प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएको जनाएको छ।
यस आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
नेपाल राष्ट्र बैंक बाट इजाजतप्राप्त हायर पर्चेज संस्थाका रूपमा सञ्चालनमा रहेको कम्पनीले आइपिओमार्फत पूँजी विस्तार गर्दै सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
प्रकाशित समय : १९:५३ बजे



















