global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।

क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् ।

आक्रमणकारीहरूले बजार लुटेर खानेकुरा र मोटरसाइकल चोरी गरेको समेत स्रोतले जनाएको छ ।

छिमेकी होङमा तीन सैनिकसहित अन्य चार जनाको मृत्यु भएको जनाइएको छ । विज्ञप्तिमा अपराधीहरूलाई चेतावनी दिदै आक्रमणबाट टाढा रहन आग्रह गर्दै आक्रमणको पूर्ण सामना गर्नु पर्ने जनाइको छ ।

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोह, मुख्यतया बोको हराम र यसको प्रतिद्वन्द्वी गुट, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) को नेतृत्वमा देशमा ४० हजार भन्दा बढी मानिस मारिएका छन् भने २० लाख विस्थापित भएका छन् ।

द्वन्द्व छिमेकी नाइजर, चाड र क्यामरुन सम्म फैलिएको छ, भने यी समूहहरूसँग लड्न क्षेत्रीय सैन्य गठबन्धन गठन गरिएको छ ।

 

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु