काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकपमा अष्ट्रेलियाविरुद्ध जिम्बाब्वे २३ रनले विजयी

2.5K
shares

भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत बलियो राष्ट्र अष्ट्रेलिया जिम्बाब्वेविरुद्ध २३ रनले पराजित भएको छ ।

प्रतियागिमा उसको यो लगातार दोस्रो जित हो । अष्ट्रेलियाको भने यो पहिलो हार हो ।

जिम्बाब्वेले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १ सय ४६ रन बनाएर अलआउट भयो ।

अष्ट्रेलियाका लागि म्याट रेन्शोबाहेक कुनै पनि ब्याटरले ठूलो पारी खेल्न सकेनन् । उनले ६५ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् ।

त्यस्तै, ग्लेन म्याक्सवेलले ३१ र कप्तान ट्राभिष हेडले १७ रन बनाए ।

जिम्बाब्वेका लागि बलिङमा बिलेसिङ मुजराबानीले सर्वाधिक चार, ब्राड इभान्सले तीन, वेलिंग्टन मसाकाड्जा र रायन बर्ल ले एक/एक विकेट लिए ।