काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कुमारी बैंकको २६औँ साधारण सभा सम्पन्न, २.१०५३ प्रतिशत लाभांश पारित

630
shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई प्रस्ताव गरिएको २.१०५३ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौंको सुर्वण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई करसहित २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गराएको जनाएको छ ।

२५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका शाखा, एटीएम, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।