काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

588
shares

काठमाडौँ। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो ।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब एक हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ ।

यही असोज २३ गते बसेको केन्द्र तथा तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित परिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहायता उपलब्ध गराउन चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो सहायता हुन नदिने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी सहयोग वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।

बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको जनाइएको छ ।