महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट
वि.सं.२०८३ असोज २८ बुधवार २१:०५
shares

सारांश
- महालक्ष्मी बैंकका ग्राहकलाई केटीएम सिटीमा १०% छुट
- केटीएम सिटीमा महालक्ष्मी बैंकका ग्राहकलाई छुट
- महालक्ष्मी बैंक र केटीएम सिटीबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटी (KTM CTY) का आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौतापत्रमा बैंक र केटीएम सिटीबीच हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटमा उपलब्ध सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा छुट पाउनेछन् ।
केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ । बैंकले विभिन्न व्यावसायिक तथा सेवा प्रदायक संस्थासँग सहकार्य गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।
यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ ।
























