काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा रिलायन्स लाइफद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

798
shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने र आवश्यक शैक्षिक सामग्रीको उपलब्धता सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल प्रदान गरेको जनाएको छ ।

कम्पनीको सहयोगले विद्यार्थीको अध्ययन तथा शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेशकुमार थापा, साँखु उपशाखा प्रमुख रोजिना मानन्धर तथा कम्पनीका अभिकर्ता र कर्मचारी सहभागी थिए ।