काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चितवनमा दुग्ध किसानको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी हुने

3.78K
shares

चितवन । देशकै दुग्ध उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको चितवनमा अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी हुने भएको छ ।

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा माघ २५ देखि २९ गतेसम्म प्रदर्शनी गर्न लागिएको हो । नेपालकै इतिहासमा किसान, प्रविधि र अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान पुर्याउन प्रदर्शनी गर्न लागेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रदर्शनीमा दुग्ध उत्पादन र उद्यमशीलता प्रवर्द्धनका लागि स्टल राखिने उनले जानकारी दिए । जसमा डेरी उत्पादक, उद्योगी बन्न इच्छुक नीति निर्माता, सरकारी निकायका व्यक्तिलगायत एकै स्थानमा छलफलका लागि सहभागी हुने उनले जानकारी दिए ।

प्रदर्शनीमा विभिन्न व्यवसायीक प्रवर्द्धनसँग सम्बन्धित छलफल, प्यानल अन्तरक्रिया, अन्तर्राष्ट्रिय प्रविधि उत्पादन गर्ने कम्पनीहरुसँग दुग्ध व्यवसायीकरण र उद्यम आधारित अन्तरक्रिया लगायतका कार्यक्रम हुने बगालेले जानकारी दिए ।

संघका अध्यक्ष बगालेका अनुसार चितवनमा प्रतिलिटर ३ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ भने दुई लाख लिटर चितवन बाहिरका जिल्लामा निर्यात हुने गरेको छ ।

चितवनमा ४० हजार दुग्ध किसान रहेका छन् । यहाँका किसानको दुध संकलन गर्न १ सय १५ वटा दुग्ध उत्पादक सहकारी संस्था रहेका उनले जानकारी दिएका छन् ।