global ime bank Long Banner Ad

गृहपृष्ठ आमाको स्मृतिमा ९४ विद्यार्थीलाई न्यानो कपडा वितरण

आमाको स्मृतिमा ९४ विद्यार्थीलाई न्यानो कपडा वितरण

आमाको स्मृतिमा ९४ विद्यार्थीलाई न्यानो कपडा वितरण

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ घर भई हाल बेलायतमा रहेका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएका छन ।

बेलायतमा कानुन व्यवसाय गर्दै आएका उनले स्वर्गीय आमा आनन्दीमाया राईको स्मृतिमा तीनवटा विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकी हुन ।

स्थानीय जगत किराती राईले उनले उपलब्ध गराएको न्यानो कपडा दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६० जना, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ जना र सिद्धेश्वरी आधारभूत विद्यालय केराकारीका १३ जना विद्यार्थीलाई वितरण गरिएको जानकारी दिएका छन ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु