गृहपृष्ठ स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ ।

बोर्डले एक सार्वजनिक अपिल जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न, अनावश्यक परीक्षण तथा उपचारमा दबाब नदिन र प्रचलित कानुन तथा निर्देशिकाअनुसार सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको एक महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै बोर्डले यसले सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ । सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीका बाबजुद पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमा मार्फत सेवा लिइरहेका छन् ।

बोर्डका अनुसार स्वास्थ्य बीमाका कारण दैनिक औसत करिब ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्च नागरिकको निजी खर्चबाट जोगिन सफल भएको छ। यसले आम नागरिकलाई वित्तीय जोखिमबाट जोगाउन सहयोग पुगेको बोर्डको भनाइ छ । सार्वजनिक अपिलमा बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देश दिँदै सेवाग्राहीलाई जिम्मेवार रूपमा स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु