काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा लालको देहान्तले मैथिली साहित्यमा अपूरणीय क्षति– नगरप्रमुख साह

1.37K
shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले मैथिली साहित्यकार डा रेवतीरमणलालको निधनले मैथिली साहित्यमा अपूरणीय क्षति पुगेको बताएका छन ।

आज उपमहानगरपालिकाबाट जारी शोक सन्देशमा उक्त कुरा साहले व्यक्त गरेका हुन । जनकपुरधाम–११ निवासी डा लालको यही भदौ २० गते शनिबार निधन भएको थियो । धनुषा जिल्लाका नगराईन नगरपालिका, वडा नं ८ (खिरखिरिया)मा २ मार्च १९४३ ईस्वीमा जन्मिएका डा लालले मैथिली विषयमा विद्यावारिधि गरेका थिए ।

उनि छ दशकदेखि मैथिली साहित्यमा आबद्ध थिए । उनले कविता, गीत, कथा, लेख, अन्तर्वार्ता, यात्रा वृत्तान्त, लोकसाहित्य, समालोचना, अनुवादसहित विविध विधामा कलम चलाएका थिए ।

डा लालका ‘काल प्रवाह’ (कविता सङ्ग्रह), ‘हस्तरेखा’ र ‘माधव नहि अएला मधुपुरसँ’ (कथा सङ्ग्रह), ‘महाकवि विद्यापति’ (पटकथा), ‘नेपथ्य’ (नाटक),’हमर विदेश भ्रमण’ (यात्रा वृत्तान्त), ’साक्षात्कार’ (अन्तरवार्ता), ‘खिस्सा पिहानी (लोककथा), ‘मिथिलाक सांस्कृतिक परम्परा’, ‘मैथिली लोकसाहित्यक स्वरूप’ र ‘मैथिली गल्पमे चित्रित अन्तरवस्तुक अध्ययन (समालोचना)सहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनलाई नेपालको आधुनिक मैथिली साहित्यको पहिलो पुस्ताका सहजतावादी साहित्यकार मानिन्छ । उनले मैथिली साहित्यमा पु-याएको योग्दान स्वरुप वैदेही प्रतिभा, त्रिमूर्ति, मिथिला रत्न, पार्वती, विद्यापति, ज्योतिरीश्वर साहित्य सम्मान, डा धीरेन्द्र साहित्य–संस्कृति पुरस्कार, महेन्द्र विद्याभूषण, नेपाल सरकारका प्रादेशिक प्रतिभा पुरस्कार र विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार प्रदान गरिएको थियो ।