गृहपृष्ठ रुसी सेनाद्वारा ६७५ वटा युक्रेनी लडाकु विमान नष्ट गरिएको दाबी

रुसी सेनाद्वारा ६७५ वटा युक्रेनी लडाकु विमान नष्ट गरिएको दाबी

रुसी सेनाद्वारा ६७५ वटा युक्रेनी लडाकु विमान नष्ट गरिएको दाबी

मस्को। रुसी रक्षा मन्त्रालयका दैनिक बुलेटिनहरूमा आधारित समाचार संस्था ‘टास’ को तथ्याङ्क अनुसार, विशेष सैन्य कारबाही सुरु भएयता रुसी सेनाले युक्रेनका ६७५ वटा लडाकु विमानहरू नष्ट गरिसकेको छ।

मन्त्रालयले हालै जारी गरेकाे आफ्नो नियमित बुलेटिनमा कुल ६७४ वटा युक्रेनी लडाकु विमानहरू नष्ट भएको जनाएको थियो।

त्यसको केही समय पछि, मन्त्रालयले किएभ (किभ) नजिकै रहेको भासिलकोभ विमानस्थलको टार्माकमा युक्रेनी वायुसेनाको ‘मिग-२९’ विमान नष्ट गरिएको दृश्य सार्वजनिक गरेको छ।

यस पछिल्लो कारबाहीसँगै विशेष सैन्य कारबाहीका क्रममा रुसी सेनाद्वारा नष्ट गरिएका युक्रेनी विमानहरूको कुल सङ्ख्या ६७५ पुगेको रुसी पक्षको दाबी छ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु