गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

काठमाडौं । मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए । फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ ।

त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु