गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो ‘आरबीबी फोन लोन’

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो ‘आरबीबी फोन लोन’

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो ‘आरबीबी फोन लोन’

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा ‘आरबीबी फोन लोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । यो सेवा बैंकको ‘आरबीबी डिजिटल संसार’ मोबाइल बैंकिङ माध्यमबाट उपलब्ध गराइएको हो ।

उक्त डिजिटल कर्जा सेवा एफ वन सफ्ट समूहअन्तर्गतको फोन लोन प्रा.लि.ले प्रदान गरेको हो । यस सेवाले कागजी झन्झटबिना, छिटो र सहज रूपमा ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।

यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो नराखी, बैंक शाखा नधाई सिधै मोबाइल बैंकिङ माध्यमबाट तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक ऋण सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकको भनाइ छ ।

ऋणको सीमा र योग्यता बैंकले तोकेको मापदण्डका आधारमा निर्धारण गरिनेछ । यसमा तलब जम्मा हुने नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकले एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी रूपमा ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । आवश्यक परेमा समयअघि नै ऋण चुक्ता गर्ने सुविधा पनि उपलब्ध छ ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु