global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री शर्मासँग एनआरएनएको भेटघाट

परराष्ट्रमन्त्री शर्मासँग एनआरएनएको भेटघाट

परराष्ट्रमन्त्री शर्मासँग एनआरएनएको भेटघाट

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट गरेको छ ।

सङ्घका अध्यक्ष डा बद्री केसीको प्रतिनिधिमण्डलले आज भेट गरेको हो । सङ्घको १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा परराष्ट्रमन्त्री शर्मालाई जानकारी गराउन उक्त भेट गरेको जनाइएको छ ।

सो टोलीले १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे, सङ्घको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल गरेको सङ्घले जनाएको छ ।

एनआरएनएको महाधिवेशनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ । मन्त्री शर्माले परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा थप परिमार्जन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले जानकारी दिए।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु