global ime bank Long Banner Ad

गृहपृष्ठ सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । उक्त कम्पनीको आइपीओ आज दिउँसो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बाँडफाँड गरेको हो।

कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ लाख ३६ जनाले आवेदन दिएका थिए । जसमध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जस अनुसार ८ लाख २० हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु