गृहपृष्ठ विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग
विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग
काठमाडौँ, ३० असार स्
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गत मङ्गलबार समितिको सभाहल सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको दसौँ बैठक । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाडौँ । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।
बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राखेका थिए ।
राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो विषयमा समस्या छ भन्ने निष्कर्ष निकालेको, राहदानी छपाइका विषयमा अनियमितता छ भन्ने भएको तर कति छ भन्ने मात्र प्रतीक्षाको विषय बनेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए ।
समितिका सभापति भरतबहादुर खड्काले आजको बैठकमा सांसदको सल्लाह सुझाव आएकाले राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्ने बताए ।
प्रकाशित समय : १३:०५ बजे



















