गृहपृष्ठ राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
काठमाडौँ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ । उन कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेको हो ।
उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गने कार्यक्रम छ । रासस
प्रकाशित समय : १२:५५ बजे



















