global ime bank Long Banner Ad

गृहपृष्ठ गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनले दिप प्रज्वलन गरेको छ ।

सोमबार साँझ फाउन्डेसनका पदाधिकारी एवम सदस्यहरुसहितको समूहले माइतीघर मण्डलामा दिप प्रज्वलन गरेको हो । सो अवसरमा उनीहरुले ट्राफिक सम्बन्धि सचेतनामूलक सन्देश पनि प्रवाह गरेका थिए ।

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु