global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी

मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी

मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी

हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट पुनः उम्मेदवारी दर्ता गरेकी छन् ।
यसअघि यही क्षेत्रबाट निर्वाचनमा पराजित भएकी उपाध्याय फेरि पनि सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।

गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनी कडा प्रतिस्पर्धाका बाबजुद विजयी हुन सकिनन् । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बहादुर सिंह विजयी भएका थिए ।

निर्वाचन परिणामअनुसार राप्रपाका सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार ४२३ मत ल्याएकी थिइन्।
त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापा ले २५ हजार ४२० मत प्राप्त गरेका थिए। उपाध्याय र थापाबीचको मतान्तर जम्मा तीन मत मात्र भए पनि दुवै उम्मेदवार सिंहभन्दा पछि परे।

उपाध्याय सिंहसँग करिब २ हजार ३९३ मतको अन्तरले पराजित भएकी थिइन्। विश्लेषकहरूका अनुसार मकवानपुर–१ मा भएको त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाको बलियो संगठन तथा मत विभाजन उपाध्यायको पराजयका प्रमुख कारण मानिन्छन्।

गठबन्धन भए पनि मत एकीकृत हुन नसक्दा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको टिप्पणी त्यसबेला व्यापक रूपमा गरिएको थियो।

यसपटक पुनः उम्मेदवारी दर्तासँगै मकवानपुर–१ मा चुनावी सरगर्मी बढेको छ। अघिल्लो निर्वाचनको झिनो मतान्तर र प्रतिस्पर्धात्मक परिणामलाई आधार मान्दा यस क्षेत्रलाई फेरि पनि चुनावी दृष्टिले संवेदनशील र निर्णायक क्षेत्रका रूपमा हेरिएको छ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु